रोटरी क्लब अफ पाटन वेस्टद्वारा रसियाकाे म्युजीयमलाई सहयोग

काठमाडौं : नेपाल तथा रसियाका रोटरी क्लबहरु बीच अन्तर्रास्ट्रिय सम्बन्ध अघि बढाउने उद्देश्यले गठित इन्टर कन्ट्री कमिटि (आई.सी.सी.) अन्तर्गत रोटरी क्लब अफ पाटन वेस्टले रसियामा पुगेर सहयोग स्वरुप बेन्च हस्तान्तरण गरेको छ । रसियाको सेन्ट पीटर्सवर्ग स्थीत हेर्मिटेज प्यालेश म्युजियम पार्कमा त्यहाँको जनताको लागि अन्तराष्ट्रिय सम्बन्धको प्रतिक स्वरुप रोटरी बेन्च प्रदान गरिएको पाटन वेस्टले जनाएको छ । सेन्ट पीटर्सवर्ग इन्टरनेसनल रोटरी क्लबका अध्यक्ष डा. ईरिना सेस्ताकोभालाई रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बेन्च हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ पाटन वेस्टका पूर्व अध्यक्ष प्रदीपमान वैधको नेतृत्वमा रसिया भ्रमणमा गएको १० सदस्यीय टोलीले मस्को, सेन्ट पीटर्सवर्ग तथा भ्लादमीर शहरको भ्रमण गर्नुको साथै रोटरी क्लब अफ मस्को क्यापिटल, रोटरी क्लब अफसेन्ट पीटर्सवर्ग इन्टरनेसनल तथा रोटरी क्लब अफ भ्लादमीरको स्थलगत भ्रमण गरी अन्तराष्ट्रिय सम्बन्ध बढाउने तथा सहयोग आदान प्रदान गर्ने समझदारी गरेको थियो । रोटरी क्लब अफ पाटन वेस्टले रोटरी क्लब अफ मस्को क्यापिटलका साथै जापानको रोटरी क्लब अफ कानाजावा सोनानसँग पनी भगीनी सम्बन्ध कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित