प्रधानमन्त्री र गृहमन्त्रीबीच अाईजीपी नियुक्तिको बिषयमा छलफल

igpcompition

 काठमाडौँ । प्रहरी महानिरीक्षक (अाईजीपी )नियुक्ति गर्न मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बिहानको बैठकले महानिरीक्षक नियुक्तिको विषय टुङगो लगाउन नसकेपछि पुनः बैठक बस्न लागेको हो । बैठक अघी प्रधानमन्त्री केपी ओली र गृहमन्त्री राम वहादुर थापा बादल बीच छलफल हुँदै छ।

 नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दाबेदार छन् भने सशस्त्रमा शैलेन्द्र खनाल र  पुष्पराम केसी छन् । यि मध्य दुई खनालको आज भाग्य चम्किने अनुमान गरिएको छ ।

 प्रधानमन्त्री ओली र गृह मन्त्री बादल दुबै जना प्रहरीमा देउवा सरकारले जस्तो सिस्टम नमिच्ने पक्षमा उभिएका कारण नेपाल प्रहरीको अाईजिपीमा सर्बेन्द्र खनाल नै कन्फर्म हुने अवस्था देखिएको छ ।  खनाल एक नम्बरमा छन् । 

प्रतिक्रिया

सम्बन्धित