भक्तपुरको बिकासमा कसैसँग पनि सम्झौता गर्न सकिदैन : सांसद बस्नेत

Mahesh Basnet 1
भक्तपुर । पूर्व उधोग मन्त्री एंब प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतले भक्तपुरले प्राप्त गर्न लागेको द्रुत बिकासलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । भक्तपुर जिल्ला समन्वय समितिले स्थानीय तह संघ तथा प्रदेश सरकारका कार्यालय र गैर सहकारी संस्थाहरुको आ/व २०७४ र ०७५ मा संचालित योजना तथा कार्यक्रमहरुको प्रथम समिक्षा बैठकको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व उधोग मन्त्री एंब प्रतिनिधि सभा सदस्य महेश बस्नेतले भक्तपुरको बिकासमा कुनै पनि बहानामा कसैसँग पनि सम्झौता गर्न नसकिने बताएका हुन् ।

महेश बस्नेतको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रमा सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका र विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले आ/ब २०७४र०७५ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगति बिबरण प्रस्तुत गरिएको थियो । बस्नेतले भक्तपुरको गाउँ गाउँमा विकास पुग्ने देखेर आत्तिएका विरोधीहरुले विकासको विरोध गरेको र त्यस्ता विरोधलाई पन्छाएर विकासमा अगाडि बढ्न् प्रतिबद्धता जनाए ।

भक्तपुरका प्रत्येक नगरपालिकामा पक्कि सडक विस्तार, भक्तपुरमा धार्मिक पर्यटकीय गन्तव्यको विकास, प्रत्येक खोलामा पुल, हनुमन्ते करिडोर निर्माण, अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सभा हल निर्माणको क्रम अगाडि बढिसकेको बताउँदै रंगशालाको जति नै विरोध गरेपनि भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निमार्ण गरेरै छाड्ने बताए । बैठकमा सम्बोधन गर्दै बस्नेतकोले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न कार्यालयको रुपमा अगाडि लैजानु पर्नेमा सरकारको ध्यानआकर्षण गराए । 

बस्नेतले विकासका सबै पूर्वाधान निर्माण गर्ने, शिक्षा, स्वास्थ्यको पहुँच बृद्धि गर्ने, उज्यालो, सुरक्षित र शान्त भक्तपुर बनाउँने अभियानमा आफुलागेका र विकास बिरोधीलाई परास्त गर्दै अबको चार वर्षमा भक्तपुरलाई नमूना जिल्ला बनाउँने बताए । प्रदेश सांसद शशीजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र उप-प्रमुख जुना बस्नेतको उपस्थितीमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जिल्ला समन्वय समितिले जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले अधिकार भने प्रत्यायोजित गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित