अब जडिबुटीबाट सोझै बालकुमारी, सांसद बस्नेतको पहलले पायो सार्थकता

mahesh dai

    काठमाडौं । कोटेश्वर–बनेपा–बर्दिवासको बाटो सञ्चालनमा आएसँगै कलंकीको भन्दा बढि ट्राफिक जाम हुँदै आएको कोटेश्वर चोकको जाम अब केही हदसम्म कम हुने देखिएको छ । प्रतिनिधिसभा सदस्य एवम् नेकपाका युवा नेता महेश बस्नेतको विगत लामो समयदेखि कोटेश्वरको जाम हटाउन पहलकदमीले सफलता पाउन लागेको हो । उनले यस अघि पटक–पटक कोटेश्वरको ट्राफिक जाम हटाउन आवाज उठाउँदै आएका थिए । सोहि जाम हटाउनका लागि उनले जडिबुटी–बालकुमारी करिडोर निर्माण गर्न पनि पहल गरेका थिए । केही समय अघि सांसद बस्नेतले काठमाडौं माहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल करिडोर र बेलिब्रिज निर्माणका लागि आग्रह गरेका थिए ।

सांसद बस्नेतको लामो प्रयासपछि सरकारले पनि कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन बैकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको हो । सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।

जडिबुटीबाट–बालकुमारी सडकलाई स्तरोन्नति गर्दै उक्त बाटोको बिचमा पर्ने पर्ने मनोहरा खोलामा बेलिब्रिज हालेर जडिबुटीबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ लाग्ने सवारी साधनहरुलाई अब जडिबुटीबाट सिधैं बालकुमारीतर्फ पठाइने भएको छ । यदि यसो भएको खण्डमा कोटेश्वरको जाम धेरै न्यून हुन सडक विभागको दावी छ ।

मनोहरामा भएको पुलको क्षमता कमजोर भएकाले बेलिब्रिज जडान गर्न लागिएको विभागले जनाएको छ । अहिले काठमाडौं प्रवेश गर्न कोटेश्वर चोक प्रयोगको विकल्प छैन । तर, बेलिब्रिज निर्माण भएसँगै भक्तपुरबाट आउने सवारीसधानहरु सोझै बालकुमारीतर्फ आउन सक्नेछन् ।

हुनत, सरकारले कोटेश्वरको जाम घटाउन सुरुङमार्गको योजना पनि ल्याएको छ । सुरुङ मार्गका विषयमा पनि अध्ययन भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित