विश्वमा संक्रमित संख्या बढ्दो क्रममा, ९ लाख ५० हजारभन्दा बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लगातार दोस्रो दिन तीन लाख बढी नयाँ संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार ६ सय ७७ जना नयाँ संक्रमित देखिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख ३३ हजार ९ सय ६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएकोमा विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ९ लाख ५० हजार १ सय ३९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा धेरै संक्रमितको सूची अमेरिकामा पुगेको छ । अमेरिकामा हालसम्म ६८ लाख ७४ हजार १ सय ८२ जना संक्रमित देखिएका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख २ हजार १ सय ९५ पुगेको छ । अमेरिका पछिल्लो २४ घन्टामा ४५ हजार ८ सय ८१ नयाँ संक्रमित थपिएका छन् भने ८ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा भने पछिल्लो २४ घन्टामा ९६ हजार ७ सय ९३ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ । हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४ हजार ४ सय ४ रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म संक्रमित संख्या ४४ लाख ५७ हजार ४ सय ४३ पुगेको छ भने १ लाख ३५ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

यसअघि बिहीबार पनि विश्वभर ३ लाख बढी नयाँ संक्रमित देखिएका थिए । पछिल्ला दिनमा संक्रमित संख्या बढ्दै जाने क्रम देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित