हुप्सेकोट कांग्रेसकी पालिका प्रमुख उम्मेदवार पाण्डेमाथि एमाले कार्यकर्ताद्वारा आक्रमण

Laxmi

हुप्सेकोट । पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाकी पालिका प्रमुख पदका लागि कांग्रेस उम्मेदवार लक्ष्मी पाण्डेमाथि एमाले कार्यकर्ताहरूले आक्रमण गरेका छन् । 

हुप्सेकोटको वडा नं. ४ को चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा एमाले उम्मेदवारका पारिवारिक सदस्य र कार्यकर्ताहरूले भाैतिक आक्रमण गरेको स्थानीय कांग्रेस कार्यकर्ताले बताए ।

पाण्डे झ्यालबासबाट चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा हमला भएको जनाइएको छ ।

आक्रमणबाट पाण्डे सामान्य घाइते भएकी छिन् भने उनी सवार ग.३ च १६०६ नम्बरको गाडी क्षतिग्रस्त भएको छ ।

आक्रमणकारीले छड, लाठी, भाला, खुकुरी लिएर आएको हुनाले ज्यान नै लिने उद्देश्यसहित आएको पनि ती कार्यकर्ताले दाबी गरे ।

No photo description available.

निर्वाचन प्रचार प्रसारका क्रममा रहेकी उम्मेदवार गाउँपालिका प्रमुख उम्मेदवार पाण्डे र उपप्रमुख पूर्णसिंह रानामाथि भौतिक आक्रमण भएको जनाइएको छ । उक्त गाडीमा उम्मेदवार पाण्डेसहित अन्य कांग्रेस कार्यकर्ता पनि सवार थिए । अन्य व्यक्तिले भागेर ज्यान जोगाएको जनाएका छन् ।

May be an image of 1 person, car and outdoors

प्रचार प्रसारका क्रममा रहेका उम्मेदवारद्वयमाथि मोटरसाइकल र गाडीमा आएका एमाले कार्यकर्ताले एक्कासी आक्रमण गरी उनीहरु सवार गाडीलाई समेत क्षतिग्रस्त बनाएका छन् । आक्रमण गर्न आउनेमा एमाले उम्मेदवारका भाई र छोराहरुनै संलग्न रहेको पनि नाम नबताउने शर्तमा एक प्रत्यक्षदर्शीले बताएका छन् ।

‘५०/६० वटा बाइक र गाडीमा आएर एक्कासी आक्रमण गरे,’ प्रचारमा उम्मेदवारद्वयसँगै हिँडेका कांग्रेस कार्यकर्ताले भने । उनले भने, ‘पक्कै पनि यो एमाले उम्मेदवारकै निर्देशनमा भएको हुनसक्छ, तर आक्रमणकारीहरुमध्ये धेरैलाई चिन्न सकिएन, को हुन् भन्ने कुरा यकिन भएन ।’

पाण्डे हुप्सेकोट गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित