संसदीय ब्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायाे: नेता पोखरेल

सिरहा । नेकपा (माओवादीकेन्द्र)का स्थायि समिति सदस्य लिलामणि पोखरेलले बर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएको छ।
संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगर कमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखिकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबने पनि सबैको सहमतिमा संविधान जारी भएको बताएको हो।
‘संविधानसभाबाट जारी संविधान पूर्ण नभए पनि यसका राम्रा पक्षहरुको संरक्षण गर्दै थप अधिकारको लागि अगाडी बढ्नु जरुरी छ; नेता पोखरेलले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघियता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडी पारिएका समुदायको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार लिन आवश्यक छ।’
यो संविधान पुरै खराव पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलले बताए। त्यसैले कमि कमोजरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाढी बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । मन्तव्यकै क्रमम नेता पोखरेलले यो संसदीय व्यवस्थाका कारण देशमा भ्रष्टचार मौलाएको भन्दै यसमा संशोधन खाँचो रहेको बताए।
उनले भने, ‘महगो चुनावी प्रणालीले भ्रष्टचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ कि १५ कारोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’
यो प्रणालिले व्यक्ति मात्र हैन पार्टीहरुलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरेका छन् । उनले भने, ‘प्रत्यक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने अनि बर्षाै देश, जनता र पार्टी भनेर हिडेकाहरु उनको झोले भएर हिड्नु परेपछि पार्टी कहाँ पुग्छ?’
‘त्यसैले पनि हामीले संविधानका राम्रा पक्षको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि लड्नुपर्ने जरुरी भएको छ,’ नेता पोखरेलले भने।
अहिले हिन्दुधर्मको नाममा प्राप्त अधिकारहरुलाई ओझेलमा पार्ने प्रपञ्च भईरहेको नेता पोखरेलले बताए। उनले भारत तर्फ इसारा गर्दै यो दक्षिणको इसारामा यस्तो कार्यहरु भईरकेको पनि दावी गरे। सोही क्रममा नेकपा (माओवादीकेन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले वर्तमान संविधानका राम्रा कुराको संरक्षण गर्दै थप अधिकारको लागि नयाँ ढङ्गले सोच्नु पर्ने बताए। उनले यो संविधानमा केही राम्रा कुरा भएपनि पूर्ण नभएको बताए।
उनले संसदिय व्यवस्थालाई देशले खेप्न नसक्ने बताए। उनले सधै सरकार बनाउने र ढाल्ने खेल चलिरहने यो व्यवस्था देश अनुकुल भनएको भन्दै आफ्नो पार्टी अझैपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालिको पक्षमा रहेको बताए। धनगढीमाई नगर अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य रुवी कर्ण, प्रदेश सदस्य प्रवेश लामा लगायतको उपस्थिति थियो।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_8FSp3fZRlQ_jtszr8xcluzi3trtwx4lwl3a559wax1a6ephnrlqswi1f3l3o0avodi8q3rm.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_SB32cCMYGj_qefv4ongp8tjcp4btp8qrcthhupl5izx55cru8q08cynxzuvwymh2l6zxtkh.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_UnULAHLLTz_mapza4rfnnpd7h2wzn3qxjje0dtg3tlameboqtol5snz9vpdzb5tcdlgd4mw.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_z0RNgZ7DVh_2wtktw6c0sn1ca81dlvbpr99ik9qshrabafu6rsbboesnk0vw8vwlq3dydn7.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_u8TJYlShkn_cduaopm2o3y9yrbmryxf4g1ghawiavyi35qm5tqohjimqoxe0jmniop7xr8p.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_ka1CCAfSjS_ck0spo5ghw35soeyckud2idzy4ihr2wwtbz86rqqmfm9bcnumoorhgviwhpx.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ldM2ZrVDZ2_nllwjezjwwfkzlhetip2cqa7htl2zfous2blev2uzxcdje4wc2s0bdii1gb2.jpg)
प्रतिक्रिया