इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा मारिएका युवा धादिङका शरण

काठमाडौं । इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ। मृत्यु हुनेमा धादिङ सेम्जाङका ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ। इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ ।

उनको पासपोर्ट नम्बर ०८२३६०० रहेको छ ।उनी लागु औषध कारोबारी भएको इन्डोनेसियन प्रहरीले जनाएको छ । तामाङ जाकार्ताको अल्पाइन होटलमा लुकेर बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित