नेपालीलाई सीमानामा खुला आकाशमुनि राखिनु गलत : नारायणकाजी श्रेष्ठ
काठमाडौ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु गैरजिम्मेवारी भएको बताएका छन् ।
बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सिमानामा आइसकेकालाई देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए । उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखद् हो । उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन। तत्काल बिषेश क्वारानटिनमा राखौं।’
उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेकोरु हुनै सक्दैन।’
प्रतिक्रिया