१४ दिनमा तेस्रोपटक जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली । कोरोना भाइरसका कारण दैनिक संक्रमितको संख्या बढ्दै गएकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सम्बोधन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले अहिले बिहान ९ बजे देशबासीका नाममा सम्बोधन गर्ने ट्वीटरमार्फत जनाएका छन् । उनले विगत १४ दिनको अवधिमा तेस्रो पटक भारतीय जनतालाई सम्बोधन गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा जारी २१ दिने लकडाउनमा गरिब तथा मजदुरहरुले भोगेका समस्याका बारेमा सम्बोधन गर्ने अनुमान गरिएको छ ।
हालसम्म भारतमा कोरोना कारण ७२ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ५ सय भन्दा बढी संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया