अभिनेता पल शाहद्धारा चलचित्र प्राविधिकहरुका लागि ५ लाख दिने घोषणा

Pal Shah
काठमाडौं  ।
अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुका लागि ५ लाख दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत पलले सहयोग रकम घोषणा गर्दै भनेका छन् – विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गरेको छु ।

साथै पलले आफूले सहयोग गरेको रकम नेपाल चलचित्र प्राविधिक संघ ९नेफ्टा० लाई सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनले व्यक्तिगत तर्फबाट पहिलो चरणमा भन्दै ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

पलले लेखेका छन् – आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईंहरु सबैको साथमा म सधै हुनेछु ।

पलको भनाइ:

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस९कोभिड–१९०को प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविदितै नै छ र यसको पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु ।

मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल ९नेफ्टा० ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रू ५,००,००० ९ पाँच लाख ० रूपैयाँ सहयोग गर्ने घोषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैको साथमा म सधै हुनेछु ।

धन्यवाद ।

यसअघि ‘छक्का पञ्जा’ टिमले एकमुस्ट ५ लाख सहयोग गर्दै सबैले सक्दो सहयोग गर्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित