कोरोनाभाइरस नियन्त्रणका लागि परिणाममुखी काम गर्न सरकारसँग कांग्रेस नेता कोइरालाको आग्रह
काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि परिणाममुखी काम गर्न सरकारसँग अपिल गरेका छन् । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै आजसम्मका कामको समीक्षा गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९)संग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको बताएका छन् ।
उनले लकडाउनलाई अझ बढी प्रभावकारी बनाउन नागरिकमा यसको उद्देश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी रहेको जनाएका छन् । सरकारले हालसम्म कोरोनाभाइरसको संक्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको र तिनको प्रभावकारीता र विश्वसनीयतामा नै प्रश्न उठ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउदै उनले अति आवश्यक स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रियाहरु विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाणहरु संचार माध्यमबाट आइरहेको सन्दर्भमा यसको निस्पक्ष छानविन हुने अपेक्षा राखेको समेत स्पष्ट पारेको छन् ।
डा. कोइरालाद्वारा जारी बिज्ञप्ति यस्तो छ :
प्रतिक्रिया