चीनमा कोरोना संक्रमण नियन्त्रणनजिक, २४ घन्टामा ज्यान गुमाउनेको संख्या शुन्य

China

काठमाडौं। गत डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसको संक्रमण चीनमा नियन्त्रण नजिक आएको छ । विश्वका अन्य देशहरुमा विकराल रुप लिँदै आएको कोरोना भाइरस चीनमा भने नियन्त्रणमा आइसकेको छ ।

भाइरसको उद्गमस्थल चीनमा पछिल्लो २४ घन्टामा २४ जनामात्र नयाँ संक्रमित देखिएको भने मृतकको संख्या छैन । हालसम्म चिनमा कोरोनाका कारण ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेकोमा ७७ हजार १६७ जना भने पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । अब १ हजार २ सय ४२ जनामा मात्रै कोरोनाको संक्रमण रहेको जनाइएको छ ।

विश्वका सबै देशमा फैलिसकेको बेला चीनमा भने यसको महामारी नियन्त्रणमा रहेको बताइएको छ ।

हालसम्म विश्वमा १३ लाख ४६ हजार भन्दा बढीमा संक्रमण देखिएको यस भाइरसका कारण ७४ हजार ७ सय २ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै इटालीमा १६ हजार ५२३, स्पेनमा १३ हजार ३४१, अमेरिकामा १० हजार ८६७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित