नेकपाको सचिवालय बैठक आज बस्दै

NEKAPA Karalaya
काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे सचिवालयको बैठक बस्न लागेको हो । लकडाउन पछि पहिलो पटक नेकपा सचिवालयको बैठक बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित