मन्त्रिपरिषद् बैठक सकिए लगत्तै पूर्वमाओवादीका सबै मन्त्री प्रचण्ड निवासमा
काठमाडौँ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार बैठक सकिएलगत्तै पूर्व माओवादीका सबै मन्त्री नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
सोमबार (आज)को मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेसँगै पूर्व माओबादी खेमाका मन्त्रीहरुको छुट्टै बैठक बसेको हो ।
पछिल्लो घटनाक्रमले नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेसँगै ठूलै निर्णयमा पुग्न सक्ने स्रोतको भनाई छ ।
प्रतिक्रिया