अमेरिकाबाहेक बाँकी विश्वमा कोरोना नियन्त्रणतर्फ, अमेरिकामा मृत्युु हुने संख्या ४२ हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४२ हजार नाघेको छ। गत २४ घन्टामा अमेरिकामा १ हजार ९ सय ३९ जनाको मृत्यु भएपछि हालसम्म अमेरिकामा मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ । गत २४ घन्टामा अमेरिका र फ्रान्स बाहेक बाँकी विश्वमा मृत्यु हुनेको संख्या ५०० भन्दा कम छ । फ्रान्समा ५ सय ४७ जनाको मृत्यु भएको छ ।
विश्वभर नै कोरोना संक्रमणको गति न्यून हुँदै गएको तथ्यांकले देखाएको छ । गत २४ घन्टामा अमेरिका बाहेक अन्य देशमा नयाँ संक्रमित ५ हजार भन्दा कम देखिएका छन् । यस तथ्यांकलाई मध्यनजर गर्दा विश्वमा कोरोना प्रभाव विस्तारै कम हुँदै गएको देखिएको छ ।
अमेरिकामा हालसम्म संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । पछिल्लो २४ घन्टामा २८ हजार १ सय २३ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित पुगेका छन् ।
वल्र्डोमिटरडटकमको अनुसार हालसम्म विश्वभर २४ लाख ८० हजार ५ सय ३ संक्रमित छन् भने १ लाख ७० ह३ सय ९७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मृत्यु भएका ५ हजार ३ सय ६६ मध्ये १ हजार ९ सय ३९ जना अमेरिकाका मात्र छन् भने बाँकी ३ हजार ४ सय २७ जनामात्र विश्वभरिका मानिसले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी मानिसले इटालीमा ज्यान गुमाएका छन् । इटालीमा हालसम्म २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ४ सय ५४ जनाको मात्र मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा हालसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । स्पेनमा एक दिनमा ४ सय ९९ जनाको मृत्यु भएको जनाइएको छ ।
तुलनात्मक रुपमा युरोप एवं अमेरिकी राष्ट्रहरुमा कोरोनाको प्रभाव यसअघिभन्दा कम पर्दै जान थालेको देखिएको छ ।
प्रतिक्रिया