वीरगञ्जमा आरडीटी पोजेटिभ देखिएकी युवतीको मृत्यु, स्वाब टेष्ट गरिँदै

narayani

वीरगञ्ज । देशभर कोरोना संक्रमणको त्रास फैलिइरहेको अवस्थामा वीरगञ्जमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

तर, उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइए पनि रिपोर्ट भने आईसकेको छैन ।

वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

ब्लड क्यान्सरकी विरामी ती युवतीको शव पीसीआर रिपोर्ट नआउँदासम्म अस्पतालमा नै राखिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित