विराटनगरबाट आएका १६० जनाले काठमाडौं प्रवेश पाए

nag-1

काठमाडौं । विराटनगरबाट बसमा आएका यात्रुहरु काठमाडौं प्रवेश पाएका छन् । यसअघि विराटनगरमा समन्वयबिना पठाइएको भन्दै उनीहरुलाई नागढुंगामा रोकिएको थियो । नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो ।

सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी छाडेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा करिब १६० जनालाई राखेर काठमाडौं पठाएको थियो । सोमबार बिहानै नागढुंगा नाकामा आइपुगेका उनीहरुलाई प्रहरीले रोकेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित