लकडाउनले रोकिएको कर्णाली करिडोरको काम सुरू
हुम्ला ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरू भएको छ ।
राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको नेपाली सेनाले जानकारी दिएको छ ।
‘कोरोना त्रासका कारण बन्दाबन्दी हुँदा करिब १ महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’ कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने ।
रोकिएको काम सुचारू भएको भन्दै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले खुसी व्यक्त गरे । ‘अब करिडोरको कवाडीदेखि सलिसल्ला खण्डको काम निर्धारित मितिमा सम्पन्न हुने आशा पलायो’ उनले खुसी हुुँदै भने ।
नेपाली सेनाले काम अगाडि बढाउन कामदार पठाउन गाउँपालिकासँग सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले कामदार पठाएको उनले बताए ।
आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया