नेकपा सचिवालयको बैठक साढे पाँच बजे बस्दै
काठमाडौँ ।
नेकपा सचिवालयको बैठक शनिबार (आज) साढे पाँच बजे बस्दैछ। अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज फेरि बस्न लागेको हो ।
बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्दै उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रस्तावमाथि ठोस छलफल गर्न बैठक बस्न लागेको हो ।
पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।
नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन् भने वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न प्रधानमन्त्री ओलीलाई सुझाएको नेपाल निकट नेताले बताएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको छ। ‘नेकपा केन्द्रीय सचिवालयको बैठक आज ५ः३० बजे, बालुवाटारमा बस्ने जानकारी गराइन्छ’, प्रेस सल्लाहकार थापाले भनेका छन् ।
प्रतिक्रिया