छिमेकीको नियतीः भारतमा मृत्यु दर बढ्दोक्रममा, एकै दिनमा एक सय जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट भारतमा २४ घन्टामा मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्ला दिनमा भारतमा दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढीरहेको हुनाले कोरोनाको महामारीको रुप लिने देखिएको छ ।
हालसम्म ३९ हजार ६ सय ९९ जना संक्रमित देखिएको भारतमा १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घन्टामा मात्र एक सय जनाको ज्यान गएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ ।
भारतमा पछिल्लो दिनहरुमा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या ३४ लाख ८१ हजार १ सय ६२ पुगेका छन् भने हालसम्म मृतकको संख्या २ लाख ४४ हजार ६ सय ६० पुगेको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा ११ लाख ६० हजार ५ सय ८५ जना संक्रमित छन् भने ६७ हजार ४ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८८ ले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया