उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण
साउथ सुडान । विश्वभर फैलिएको कोरोना भाइरसबाट विशिष्ट व्यक्तिहरु संक्रमित हुने क्रममा दक्षिण सुडानका उपराष्ट्रपति र रक्षा मन्त्री नै संक्रमित भएका छन् ।
हालसम्म २ सय ९० जनामा मात्र संक्रमण देखिएको दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षा मन्त्री एवं उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ मेमा गरिएको परिक्षणमा ६० वर्षीय उपराष्ट्रपति माशरलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
त्यसका साथै रक्षामन्त्री एवं माशर पत्नी एजेलिना टेनीलाई पनि कोरोना संक्रमण देखिएको जनाइएको छ ।
साथै उनका निजी सुरक्षाकर्मी लगायत अन्य केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । एजेन्सी
प्रतिक्रिया