स्याङ्जा गल्याङका २ जनामा कोरोना संक्रमण, स्याङ्जामा संक्रमित संख्या ७ पुग्यो
स्याङ्जा । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा थप २ जनामा कोरोना पुष्टी भएको छ । गल्याङ नगरपालिका वडा नं. ७ स्थायी घर भएका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गल्याङ नगरपालिकाले जनाएको छ ।
भारतबाट आई गल्याङ नगरपालिका वडा नं. १ मालुंगाको सार्वजनिक माविको क्वारेन्टाइनमा बस्दै आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताए ।
यसअघि स्याङ्जाको वालिङका ४ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने महिलाको उपचारका लागि पोखरा लगिएको जनाइएको थियो ।
प्रतिक्रिया