कर्णालीका थप ३७ मा कोरोना संक्रमण
सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कर्णालीमा ७०० भन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
बुधबार थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
प्रतिक्रिया