स्याङ्जाको गल्याङका १८ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ३७ संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराबाट जारी विज्ञप्तिअनुसार पछिल्लो रिपोर्ट अनुसार स्याङ्जामा २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जनामा कोरोना संक्रमण देखिएको छ भने वालिङ नगरपालिकामा २ जना, अर्जुनचौपारी र नाम नखुलेको १–१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका ८ जना र अन्य विभिन्न गाउँपालिकाका ५ जना गरी १८ जनामा संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
प्रतिक्रिया