नेपालमा थप ५८६ मा कोरोना संक्रमण, यससँगै संक्रमितको संख्या ७ हजार नाघ्यो

J_1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

देशभरिका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएको डा. गौतमले बताएका हुन् ।

त्यस्तै एक जनाको मृत्यू पछि एक महिलाको मृत्यु भएको जनाउँदै हालसम्म २० जनाको मृत्यु भएको उनले जनाएका छन् ।

त्यस्तै गत २४ घन्टामा ९ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै नेपालमा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११६७ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित