कोरोनाबाट स्याङ्जाका एक पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५ पुग्यो

Died_Corona1

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा सिरुवाका ५५ वर्षीय एक संक्रमित पुरुषको गएराती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

ggg

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आइसियूमा उपचारत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

अस्पतालका अनुसार कोरोना संक्रमण देखिएर अपचारको क्रममा यस अस्पतालमा मृत्यु हुने उनी अस्पताल र गण्डकी प्रदेशकै दोस्रो व्यक्ति हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । यस अगाडि कोभिड–१९ पोजेटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा स्याङ्जाकै बिरामीको पोखरामा मृत्यु भएको थियो।

हालसम्म गण्डकी प्रदेशमा ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । त्यस्तै हालसम्म ९१ जनाको उपचारपछि डिस्चार्ज गरिएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित