उर्जा उत्पादकहरुको संस्थामा आचार्य प्यानलको जीत निश्चित

aacharya

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को सोमबार हुने निर्वाचनमा सफल ऊर्जा व्यवसायी कृष्णप्रसाद आचार्य समूह निकै बलियो देखिएको छ ।

संस्थामा लामो समय काम गरेको अनुभव नभएका सूर्यप्रसाद अधिकारीले अध्यक्षमा आचार्यलाई चुनौति दिएका छन् । तर अधिकारीले पुरै प्यानल समेत उठाउन सकेका छैनन् ।आचार्यको समूहको उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आशिश गर्ग, महासचिवमा मोहन डाँगी र कोषाध्यक्षमा सुधिर प्रसाद तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

आचार्य समूहबाट सचिवमा आनन्द चौधरी, हिम पाठक र रामप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै, सदस्यहरुमा कविता पोखरेल, इन्दिरा पन्त, भरतकुमार खड्का, नरेन्द्रवल्लभ पन्त, मोहनबिक्रम कार्की र प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् ।

 डेढ मेगावाट क्षमताको जलविद्युत आयोजना वाराही हाइड्रो पावरमार्फत निर्माण गरिरहेका अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको समूहमा भरत खत्री, बलराम खतिवडा र उत्तम ब्लोनले उपाध्यक्षमार गोरे शेर्पाले महासचिवमा उम्मेदवारी दिएका छन् ।

अधिकारीको समूहबाट भरत लामिछाने थापा र प्रकाश दुलाले सचिवमा उम्मेदावारी दिएका छन् । यो समूहबाट सदस्यमा अभिज्ञा मल्ल, सुमनकुमार जोशी, मिथुन सिपी पौडेल, विक्रम विष्ट, जितमान श्रेष्ठ र केशाङ डिकी लामाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका आचार्यको प्यानलमा परेका उपाध्यक्षका उम्मेदवार गणेश कार्की नेपालको जलविद्युतको क्षेत्रमा चर्चित नाम हो । उनले चर्चा मात्र होइन, करिव १२ वटा कम्पनी मार्फत दुई दर्जन बढी जलविद्युत अयोजनामा लगानी गरेर सफलता पाईसकेका छन् ।

दोलखामा निर्माण सम्पन्न हुनै लागेको सिँगटी जलविद्युत आयोजनाका संचालक कार्की जलबिद्युत आयोजनाको सामग्रीका आपूर्तीकर्ता समेत हुन् ।आचार्यको प्यानलमा रहेका महासचिवमा उम्मेदवार मोहन डाँगी पनि सफल व्यवसायी हुन् । उनी संचालक रहेको तेह्रथुम जलविद्युत कम्पनिले खोरंगा खोला आयोजनाको निर्माण सम्पन्न गरी सकेका छन् ।

उनले कावेली जलविद्युतमा समेत लगानी गरीसकेका छन् ।अध्यक्षका प्रत्यासी अधिकारीको वाराही जलविद्युत कम्पनी रुग्ण उद्योगमा पर्छ । उनको समूहमा जलविद्युतको क्षेत्रमा सफलता पाउन नसकेका र भर्खरै यो व्यवसायमा लागेकहरुको बाहुल्यता छ ।

आचार्यको समूहमा पुरानै र अनुभवी व्यवसायीको बाहुल्यता भएको आरोप लगाउँदै अधिकारीले आफूसहित प्यानल बनाएर उम्मेदवारी घोषणा गरेकाथिए ।एक सय ७४ जना मतदाता रहेको इपानमा एक व्यक्तिसँग एकदेखि १२ वटासम्म मत हाल्ने अधिकार रहेको छ ।

एक जलविद्युत कम्पनीको एक जना सदस्य मतदाता हुने भएकाले १२ वटा जलविद्युत आयोजनाको संचालक भएका व्यक्तिसाग संस्थागत प्रतिनिधित्वको हैसियतले १२ वटासम्म मत हाल्ने अधिकार रहेको छ ।अध्यक्षका उम्मेदवार आचार्य काश्कीका सफल व्यवसायी हुन भने उपाध्यक्षका उम्मेदवार गणेश कार्की झापा स्थायी घर भएका व्यवसायी हुन् ।

त्यस्तै महासचिवका उम्मेदवार डाँगी तेह्रथुम घर भएर सफल युवा व्यवसायी हुन् ।महासचिवका उम्मेदवार डाँगीले निजी क्षेत्रका जलविद्युत आयोजनाले ट्रान्समिटिङ लाइन समयमै निर्माण नहुँदा उत्पादित विद्युत विक्री गर्न नपाएको, उत्पादन लागत बढी हुने गरेको, प्राविधिक कठीनाई हुने गरेको र प्राविधिक समस्यालाई समाधान गर्न नसक्दा लगानीमा जोखिम बढेको भन्दै त्यसको समाधान गर्न आफ्नो समूह सक्षम रहेको दाबी गरे ।

 उपाध्यक्षका उम्मेदवार गणेश कार्कीले विद्युत उत्पादनमा देखिएका प्रशासनिक, प्राविधिक र आर्थिक झन्जटबाट मुक्ति दिलाउन र उत्पादित विद्युतको खपत पढाउने तथा विदेशमा बिक्री गर्न सम्भावनाको खोजीको लागि आफ्नो समूहले सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित