कोरोना कष्टः विश्वभर १ करोड ९ लाख बढी संक्रमित, ५ लाख २३ हजारको मृत्यु
काठमाडौं । विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ६९ हजार १ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्र २ लाख ३ हजार ५ सय ८६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार १ सय ३८ पुगेको छ भने पछिल्लो २४ घन्टामा ५ हजार ५१ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै हालसम्म ६१ लाख २८ हजार ४ सय ३१ जना कोरोनाको उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एकै दिन ५२ हजार भन्दा धेरै व्यक्ति संक्रमित देखिएका छन् । हालसम्म अमेरिकामा संक्रमित हुनेको संख्या २८ लाख ३२ हजार ८ सय ९७ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ५२ हजार ९ सय ४४ पुगेको छ । अमेरिकामा हालसम्म १ लाख ३१ हजार ४ सय ७ जनाले कोरोना कै कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै संक्रमित र मृतकमा दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४७ हजार ९ सय ८४ जना नयाँ संक्रमित थपिएसँगै १५ लाख १ हजार ९ सय ८४ संक्रमित भएका छन् भने हालसम्म ६१ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म संक्रमितको संंख्या ६ लाख २७ हजार १ सय ६८ पुगेको छ भने मृतकको संख्या १८ हजार २ सय २५ पुगेको छ ।
प्रतिक्रिया