विश्वभर संक्रमित संख्या करिब १ करोड १२ लाख, ५ लाख २८ हजारको मृत्यु

world-corona

 

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार ५ सय ७६ पुगेकोछ । पछिल्लो २४ घन्टामा २ लाख ९ हजार २८ जना नयाँ संक्रमित थपिएको विश्वमा हालसम्म ५ लाख २८ हजार ४ सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म १ लाख ३२ हजार १ सय १ जनाले ज्यान गुमाएका छन् भने २८ लाख ९० हजार ५ सय ८८ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी ब्राजिलमा हालसम्म १५ लाख ४३ हजार ३ सय ४१ जना संक्रमित देखिएका छन् भने ६३ हजार २ सय ५४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा बढी ५४ हजार ९ सय ४ जना संक्रमित देखिएका छन् भने ब्राजिलमा ४१ हजार ९ सय ८८ जना देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित