कोरोनाका कारण मृत्यु हुनेको संख्यामा आजै काठमाडौंका २ सहित ३ जना थपिए

Died_Corona1काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं महानगरपालिका –१० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो । त्यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको असार २५ गते मृत्यु भएको थियो ।

शंखमुलका मृतक पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

त्यस्तै क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्ना भएका सिन्धुपाल्चोकका मृतकको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित