निजी सवारीको जोर विजोर प्रणालीको अन्त्य
काठमाडौं । नेपाल सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै निजी सवारीमा जोर विजोर प्रणालीको अन्त्य भएको घोषणा गरेको छ ।
त्यस्तै आगामी साउन १५ गतेदेखिबाट होटल तथा रेष्टुरेन्ट खुल्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ ।
लकडाउन खोलेपनि सरकारले लामो दूरीका यातायात, विद्यालयलगायतका सार्वजनिक जमघट हुने स्थानहरुमा भने खुला गरिसकेको छैन ।
प्रतिक्रिया