बच्चनको अस्पताल बसाइकै सबैभन्दा उज्यालो दिन !

A-2

 

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले एक युवतीले अस्पतालमा आफ्नो जीवनकै उज्यालो दिन बनाइदिएको बताएका छन् ।

विगत दुई सातादेखि कोरोना संक्रमणका कारण नानावती अस्पतालमा भर्ना भएका बच्चनले शनिबार इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै एक युवतीले आप्mना लागि अस्पतालको अहिलेसम्म उज्यालो दिन बनाएको बताएका छन् ।

बच्चनको खुशीका लागि एक युवतीको कर्नाटक र पश्चिमी पप संगीतको मिश्रणको एउटा भिडियो हेरेपछि अमिताभ उक्त अभिव्यक्ति दिएका हुन् । उनका एक जना साथीले एक अपरिचित युवतीले गाएको गीतको भिडियो बच्चनलाई पठाएको जनाइएको छ ।

अभिताभ बच्चनले उक्त भिडियो सार्वजनिक गर्दै आफ्नो इन्स्टामा लेखेका छन्, ‘नानी तिमीसँग धेरै विशेष क्षमता छ, ईश्वरको आशिर्वाद सदा रहोस्, राम्रोकाम गर्दै गर्नु, तिमीले मेरो अस्पतालको दिन उज्यालो बनाएकी छौ, जुन यसअघि कहिल्यै भएको थिएन ।’ 

A-1

अस्पताल भर्ना भएदेखि नै अभिताभले आफ्नो अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै आएका छन् । उनीसँगै उनका परिवारका अन्य सदस्य एवं बलिउड नायक बच्चन पुत्र अभिषेक बच्चन, बलिउड नायिका एवं पूर्व विश्वसुन्दरी अभिषेक पत्नी ऐश्वर्या राय बच्चन र नातिनी आरध्या कोरोना संक्रमणका कारण नानावती अस्पतालमै उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित