के ओलीको षड्यन्त्रले वामदेव हारेका हुन ? प्रधानमन्त्रीका लागि वामदेव अब अयोग्य
काठमाडौं। वाम गठबन्धनका सुत्रधारका रुपमा लिइएका एमाले उपाध्यक्ष वामदेव गौतमको पराजयपछि बाम गठबन्धनभित्र रडाको मच्चिएको छ ।
गौतम नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग झिनो मतान्तरले बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन ।
देशभर वाम लहर चलिहरेका बेला वाम गठबन्धनका सुत्रधार नै रहेका गौतमलाई केपी ओलीले षड्यन्त्र गरेर हराएको प्युबहस हुन थालेको छ। एमाले उपाध्यक्ष वामदेव गौतम माओवादी प्रति नरम थिए । माओवादीसँग गठबन्धन गर्न पार्टीमा प्रस्ताव लाने व्यक्ति वामदेव नै हुन् ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारको समयमा समेत वामदेव प्रचण्डलाई कांग्रेससँगको सहकार्य तोड्न र एमालेसँग गठबन्धन गर्न पटकपटक प्रस्ताव लिएर गएका व्यक्ति हुन् । सो समयमा एमालेले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र मन्त्रिपरिषद्मा ६० प्रतिशत माओवादीका मन्त्री नियुक्त गर्नेसम्मको प्रस्ताव राखेको थियो । तर प्रचण्डले कांग्रेससँगको गठबन्धन तत्काल तोड्दा राजनीतिक बेइमानी हुने भन्दै वामदेव गौतमसँग तत्काललाई सम्भव नभएको जवाफ फर्काउने गरेका थिए ।
वामदेव गौतमले चुनाव जितेको भए प्रधानमन्त्रीका लागि पार्टीभित्रबाट पहिलो दाबेदारी गौतमको नै हुने थियो । त्यसो त यसअघि एमाले महाधिवेशनमा ओलीलाई समर्थन गर्दा नै गौतमले ओली प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष आफूले पाउने आशा गरेका थिए । तर ओलीले दिएनन् । यसैकारण गौतमले ओलीविरुद्ध पटकपटक प्रहार गर्ने गरेका थिए ।
ओलीले बाचा पुरा नगरेको भन्दै गौतमले सार्वजनिकरुपमै गुनासो पोख्ने गरेका थिए । यसपटक गौतमले जितेको भए ओली फेरि संकटमा पर्ने थिए । गौतमले जनमत प्राप्त गर्न नसकेपछि उनी पार्टीबाट पनि उपेक्षित हुने र प्रधानमन्त्रीका लागि अयोग्य नै हुने पक्का बनेको छ । यसैका लागि ओलीले आफ्नो पक्षका कुनै पनि व्यक्तिलाई वामदेवका लागि चु्नावमा खट्न निर्देशन नदिएको एमाले स्रोत वताउंछ । वामदेवले हार्दा ओलीलाई पार्टीभित्र अब सरकार गठन र सम्भावित पार्टी एकताका लागि एउटा बोझ कम भएको रुपमा लिन थालिएको छ ।
प्रतिक्रिया