७ प्रहरीसहित गण्डकी प्रदेशमा थप ४० नयाँ संक्रमित

Gandaki

कास्की । गण्डकी प्रदेशमा एकै दिन थप ४० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत रहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका १६ जना, नवलपरासी (ब.सु.पू) का १७ जना, तनहुँका २ जना, लमजुङका ३ जना, बाग्लुङ र स्याङ्जाका १÷१ जना नयाँ संक्रमित थपिएका छन् ।

निर्देशनालयका अनुसार पोखरामा देखिएका १६ जनामध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत रहेको जनाइएको छ । त्यस्तै संक्रमित ४० मध्ये ८ जना महिला र बाँकी ३२ जना पुरुष रहेको बताइएको छ ।

त्यस्तै नवलपुरका १७ मध्ये १६ जना गैंडाकोट नगरपालिकाका र १ जना देवचुली नगरपालिकाका रहेको जनाइएको छ ।

अहिलेसम्म गण्डकी प्रदेशमा ४९ हजार ३ सय ७७ जनाको परिक्षण गरिएकोमा २ हजार ३ सय ५२ संक्रमित देखिएका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । संक्रमित २ हजार ३ सय ५३ मध्ये १ हजार ७ सय ६६ जना कोरोना मुक्त भइसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित