नेपालमा थप ७ जनाको मृत्यु, मृतक संख्या ५३५ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप ७ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको हो । पछिल्लो २४ घन्टामा देशभर ४ महिला र ३ पुरूषको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप २२५३ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६४ हजार ५९ पुगेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित