बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

Died_Corona1

रुपन्देही । लुम्बिनी प्रदेशको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्ध र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।

बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित