‘क’ लिएर बजारमा आए कवि असीम सागर

Ashim KA

काठमाडौं । कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार सार्वजनिक गरिएको हो ।

असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवं कवि रुपेश श्रेष्ठले बताए । उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ । ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ ।

असीम सागरको कवितासंग्रह ‘क’मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् ।’

पछिल्लो समय आइरहेका कवितासंग्रहमा ‘क’ फरक किसिमको लागेको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । सरल एवं सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको उनको भनाइ छ । यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु आफूहरुका लागि खुसीको विषय रहेको उनले बताए । 

जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको लेखक असीम सागरले बताए । उनले भने, ‘जीवन बा“च्दै जा“दा कैयौ“ पटक चोइटिएको छु । भा“च्चिएको छु । दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन्, जसलाई आफ्नै आ“सुको मसीले लेखेको छु ।’ यसरी आफूजस्तै दुखेका हजारौ“ मानिसका साझा सन्तुष्टि र दुखाइ नै यो कविताकृति ‘क’ रहेको उनले बताए । कविहरु प्रायः कविता मसीले लेख्ने गर्छन् । तर, असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आ“सुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस गर्छन् । उनका कविता आग्रह गर्छन्, मजदुरहरुले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरुले उज्यालो खोजून् । सपना नदेखेकाहरुले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा । झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।

आम मानिसका भोगाइ एवं जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाउ“ हो । जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजलसंग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ)जस्ता पुरस्कार एवं सम्मान पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित