बेनिशाको ‘भाँडाकुटी’ बुटवलमा छायांकन गरिने
काठमाडौं । घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म घोषणा गरिएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘भाँडाकुटी’को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो ।
फिल्ममा अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भएको छ । ‘भाँडाकुटी’ आउँदो फागुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।
बैवाविक परिवेशसहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कमल खड्काले फिल्म निर्माण गर्न लागेका हुन् ।
ओस्कार फिल्म कलेज पास आउट भएका युवाहरुको समूह फिल्ममा हाबी छ । २०७८ साल लक्षित गरेर फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफी र भिम बिकको सम्पादन रहने छ ।
फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा बन्ने भनिएको ‘भाँडाकुटी’मा समाजको कथालाई नयाँ ज्ञानसहित फिल्म बनाउने उद्देश्य रहेको निर्देशक किरणले बताए ।
प्रतिक्रिया