कालिन्चोकमा ‘चोर र पुलिस’ छायांकन सुरु
काठमाडौं । नेपाली फिल्म ‘चोर र पुलिस’को छाया“कन सुरु भएको छ । सरकारले फिल्म छाया“कन फुकुवा नगरेपनि छाया“कन सुरु गरिएको हो । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छाया“कन सुरु निर्माणपक्षले जनाकारी गराएको छ ।
काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहा“ मुर्हूत गर्दै फिल्मको पे्रममय गीत ‘कुन देश कि परी’बाट छाया“कन सुरु गरेको थियो । गीतको छाया“कन कालिन्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।
कालिन्चोकको हाल मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छाया“कन गर्न त्यहा“ पुगेको निर्देशक लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक सा“च्चै स्वर्ग जस्तै लाग्यो’ लामाले भने ।
अभिनेत्री कविता रायले कालिन्चोकको सौदर्यले आफु मोहित भएको बताइन् । पहिलो चोटी कालिन्चोक पुगेकी कविताले भनिन् ‘कालिन्चोको सौदर्य बर्णन गरेर नसकिने छ ।’ दोलखाको अलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छाया“कन हुने बताएको छ ।
फिल्ममा बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् ।
प्रतिक्रिया