कोरोना संक्रमणबाट थप ८ को मृत्यु, मृतक संख्या ७६५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा नेपालभर थप ८ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३०९३ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा थप २१०८ जना कोरोना मुक्त भइ डिस्चाज भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।
प्रतिक्रिया