भारतीय गायीकाको ‘माछी भुल्यो’मा पल र रियासा
काठमाडौं । अभिनेता तथा मोडल पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछी भुल्यो’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक प्रवान जे र भारतीय गायिका दिपशिखाको स्वर रहेको छ ।
अभिनेता पल शाहको का“ठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारतीय गायिका दिपशिखाले पनि पहिलोपटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको ईतिहासमै भारतीय गायिकाले लोक दोहोरी गाएको यो नै पहिलोपटक हो ।
क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढी गीत गाइसकेकी छन् । भारतको लखनउमा जन्मेकी उनी मुम्बईमा बस्दै आएकी छन् । उनले हालसम्म १० भन्दा बढी नेपाली गीत गाइसकेकी छन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराइसकेकी छन् ।
भिडियोको निर्देशन प्रभावन जे, छाया“कन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, कोरियोग्राफी सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृ“गार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।
प्रभावन जेको शब्द रहेको गीतमा एरेन्ज जिवन वडुको रहेको छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया