सञ्जय दत्तः लागुऔषध, जेल र क्यान्सर

sanjay-dutt
मुम्बई ।
बलिउडका सुपरस्टार सञ्जय दत्तले आफूलाई आफ्नो जीवनबाट कहिल्यै पनि विपत्तीलाई टाढा राख्न सकेनन् । वा हामी भन्न सक्छौं उनीहरु आफैं सञ्जयको पछाडि आए । उनलाई जीवनले धेरै मौका दियो, त्यो मौकामा उनले कतिपय समय कठिन यात्रा पनि गरे । तर पनि उनले आफूलाई कहिल्यै तल पारेनन् । जीवनका हरेक पीडादायी क्षणमा पनि उनले आफूलाई उदाउदो ताराकै रुपमा स्थापित गराए । यहीकारणले उनलाई अझ बलियो, व्यापक र संवेदनायुक्त बनायो ।

जब उनले जीवनका बाँकी समय श्रीमति मान्यता दत्त र जम्ल्याहा सन्तान इक्वारा र साहरनसँग बिताउने निर्णय लिए । उनको जीवनमा एउटा नयाँ संकट आइलाग्यो । गत अगष्ट ११ मा ६१ वर्षे यी अभिनेता श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भए । उनको छातीमा पनि केही समस्या थियो । त्यो समयमा दत्तको परिवारले केही कुरा पनि सार्वजनिक गरेन । त्यही समयमा व्यापार विश्लेषक तथा बलिउड भित्रएका कोमल नाहटाले अभिनेतालाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको खुलासा गरे ।

सञ्जयलाई क्यान्सर भएको समाचार सार्वजनिक भएपछि धेरै अनलाइनले उनी ६ महिनासम्म मात्र बाँच्न सक्ने दाबी नै गरे । आफूमा क्यान्सर भएको थाहा पाएपछि उनले तुरुन्तै मुम्बईमा नै उपचार गरे । हालै मात्र उनले टेस्ट गरेपछि उनी क्यान्सरबाट ठिक भएको नयाँ तथ्य बाहिर आएको छ । त्यहीकारण पनि उनी अब फिल्मका बाँकी कामलाई पुरा गर्ने तयारीमा छन् ।

सञ्जयको जीवनमा कुनै नयाँ संकट आइलाग्यो उनका लागि त्यो नयाँ पक्कै हुँदैन । किनभने उनको पृष्ठभूमिलाई हेर्ने हो भने लागुऔषध दुव्र्यसनदेखि अन्डरवल्र्डसँगको सम्बन्धलाई नियाले पुग्छ । यी कठिन समस्याबाट गुज्रिएका उनी अहिले ती समस्यालाई समाधान गर्दै आफूलाई पुनः पहिलाकै सुपरस्टार स्थानमा पु¥याइसकेका छन् ।

आमाको निधन

सञ्जय र उनका पिता सुनिल दत्तले सञ्जयको फिल्म ‘रकी’को सफलतालाई मनाउन पाएनन् । किनकी त्यो समयमा उनको आमा तथा सुनिल पत्नी नरगिसको निधन भयो । सन् १९८१ मे ३ मा नरगिसको निधन क्यान्सरबाट भएको थियो । नरगिसको त्यो समयमा निधन भयो, जुन समयमा सञ्जयले बलिउडमा डेब्यू गरेको चार दिनमात्र भएको थियो ।

लागुऔषध दुव्र्यसनी

आमाको निधनपछि सञ्जय विक्षिप्त बने । त्यसपछि उनले आफूलाई सक्ने बाटोमा हिँडाए । अर्थात् लागुऔषध र मदिराको अम्मली बने । उनको फिल्मी करियर चम्किइरहेको थियो । त्यहीकारण पनि पिता सुनिलले सञ्जय अध्यारो यात्रामा हिँडेको हेर्न चाहेका थिएनन् । उनले सञ्जयलाई भावनात्मक साथ र सहयोग दिँदै लागुऔषध र मदिराको लतबाट बाहिर निकालेर फिल्मी करियरको यात्रामा अगाडि बढाउन साथ दिए ।

पहिलो पत्नीको निधन

सञ्जयले एउटा राम्रो स्थान बनाइरहँदा उनका सबै कुरा गुम्न थालेका थिए । सन् १९९१ मा फिल्म ‘साजन’को सफलता पछि उनले अभिनेत्री ऋता शर्मासँग विवाह गरे । उनीहरुको छोरी त्रिशाला छन् । तर विवाहको पाँच वर्ष नपुग्दै ऋचाको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भयो ।

मुम्बई बम ब्लास्ट

पहिलो श्रीमतिको निधन पछि सञ्जयले आफूलाई सम्हाल्दै फिल्मी करियरतिर ध्यान दिन थाले । उनले ‘खलनायक’ जस्तो हिट फिल्म दिए । तर त्यो फिल्मपछि अर्को संकटले उनलाई पर्खिरहेको थियो । उनको नाम मुम्बई बम ब्लास्टमा जोडियो र मुम्बई गएको समयमा उनलाई प्रहरीले पक्रियो । जमानतमा रिहा भएपछि उनले ‘दाउद’ र ‘वास्तव’ जस्ता हिट फिल्म दिए ।
(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित