‘छ माया छपक्कै’ पाइरेसीको सिकार

6apakkai

काठमाडौं । चलचित्र छ माया छपक्कै पाइरेसी भएको छ । ऋचा शर्माले केही समय अगाडि १०–१० लाख रुपैया“ एड्भान्स दिएर ‘छ माया छपक्कै र छक्का पञ्जा ३’ को एप राइट्स खरिद गरेकी थिइन् तर ‘छ माया छपक्कै’ स“गै यूट्युबमा ‘छक्का पञ्जा ३’ पनि पाइरेसी भएपछि अहिले पाइरेसीकर्ताको खोजी तीव्र रुपमा भएको छ ।

डिस होममा प्रदर्शन भएर अभिनेत्री ऋचाले सञ्चालनमा ल्याएको ओटिटी प्लेटफर्म ‘चलचित्र एप’ मा रिलिज भएको यो फिल्म यहीबाट युट्युबमा पाइरेसी भएको हुन सक्ने बताइएको छ । शनिबार कपिराइट अल सङलगायत केही युट्युब च्यानलमा फिल्म अपलोड भएपछि अहिले पाइरेसी गर्नेको खोजी भइरहेको बताइन्छ ।

फिल्म अपलोड भएका युट्युब च्यानल ब्लक गर्ने काम भइरहे पनि यसबारे थप सूचना प्राप्त हुन नसकेको बताइएको छ । ‘छ माया छपक्कै’ को युट्युब राइट्स केदारप्रसाद घिमिरेको आमा अग्नीकुमारीस“ग छ । युट्युबमा फिल्म पाइरेसी हु“दा आमा अग्नी कुमारीलाई ठूलो घाटा हुने देखिन्छ ।

ओटिटी प्लेटफर्ममा रिलिज भएको फिल्म मोबाइलमा रेकर्ड गर्न सकिने हु“दा एकपछि अर्को फिल्म पाइरेसीको मारमा परेका छन् । कमजोर कानुनका कारण पाइरेसी गर्नेहरू फस्टाउ“दै गएको फिल्मकर्मीको गुनासो छ । त्यसो त गएको चार वर्षअगाडि ‘छक्का पञ्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदीले आत्महत्या नै गरेका थिए । अर्काको सम्पत्ति अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित