मोरङ। मोरङ क्षेत्र नं.२ मा कांग्रेस नेता तथा पूर्व संचारमन्त्री डा. मिनेन्द्र रिजाल विजयी भएका छन् । डा. रिजालले ३५,८१९ मत ल्याएका छन् भने एमालेका पूर्व सांसद ऋषिकेश पोखरेलले ३४,०१४ मत ल्याएका छन् । रिजालले १८०५ मतले विजयी भएका हुन । नेपाली काँग्रेसका तत्कालिन सभापति तथा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको साविकको निर्वाचन क्षेत्र रहेको मोरङ २ मा निर्वाचित भएर काँग्रेस नेता मिनेन्द्र रिजालले आफू गिरिजाप्रसादको साच्चैको राजनीतिक उत्तराधिकारी भएको पुष्टी गरेका छन्। गिरिजाप्रसादकी पुत्री तथा काँग्रेस नेतृ सुजाता कोइराला उमेद्वार हुने अनुमान गरिएको र त्यसका लागि गृहकार्य गरिरहेपनि स्वास्थ्य अनुकुल नभएपछि उनले प्रत्यक्ष चुनाव उठ्ने कुरालाई थाती राखिन। राजनीतिक र समाजसेवाको माध्यमबाट पिताको राजनीतिक क्षेत्रमा आफ्नो पकड जमाउँदै लगेकी सुजातालाई पार्टीले समानुपातिकमा समावेश गरेपछि त्यस क्षेत्रमा डा मिनेन्द्र रिजाललाई कमाण्ड सम्हाल्ने अवसर मिलेको थियो।
प्रतिक्रिया