आमिरको फिल्म ‘दङ्गल’लाई चीनमा छ करोड ५० लाख डलर
बेइजिङ : भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ । यससँगै हिन्दी फिल्म दङ्गल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ ।
उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमा मात्रै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो । चीनको सेतेमा समालोचना गर्ने चिनियाँ वेबसाइट डौबानले दङ्गललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।
भारतीय अभिनेता आमिर खानद्वारा अभिनित एक संयोगान्त पिल्म ‘थ्री इडिएट्स’ ले पाएको प्रसिद्धिका कारण पनि खानको यो चलचित्रले चीनमा तहल्का मच्चाएको चिनियाँ सञ्चारमाध्यमहरुले दिएका छन् । एसियाका दुई विकासोन्मुख राष्ट्रहरु चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति गरिएको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्यका लागि हालैका वर्षमा सहमति जनाएका छन् । –सिन्ह्वा
प्रतिक्रिया