नेपाली युवा पनि मिस्टर वल्र्डमा

काठमाडौं : मिस्टर वल्र्डमा भागलिन चाहने युवाहरूको लागि एक्सपोज नेपाल डटकमले अवसर दिने भएको छ । ‘मिस्टर नेपाल २०१७’को आवेदन केही दिनका लागि खुल्ला गर्दै सो अवसर दिन लागेको हो । ‘मिष्टर नेपाल २०१७’मा भाग लिने चाहना हुँदाहुँaदै पनि बिभिन्न कारणले सहभागी हुन नपाएका गुनासाहरू धेरै आएकोले त्यस्ता व्यक्तिहरूलाई अवसर प्रदान गर्न केही दिनका लागि आवेदन खुल्ला गरिएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिएकी छन् । मिष्टर वल्र्डका लागि नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उद्देश्यले मिस्टर नेपाल आयोजना हुँदै आएको पुरुषहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप युवाको  मार्ग निर्देशन गर्दै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि ल्याउन प्रतियोगिता सहयकसिद्ध हुने आयोजकको भनाई रहेको  छ । प्रतियोगिताका लागि यस अगाडि आयोजित अडिसनबाट छानिएका प्रतियोगीको अहिले प्रशिक्षण भइरहेको छ । १६ देखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरूलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित