३ मतको प्रत्यक्ष प्रसारण भन्दा मनोरन्जनतिर ध्यान दिन टेलिभिजनहरुलाई 'मुन्द्रे'को सुझाब

काठमाडौं । लोकप्रिय कलाकार जितु नेपाल ‘मुन्द्रे’ले स्थानिय निर्वाचनको लाइभ अपडेट गर्दा दर्शकहरूले मनोरन्जन पनि चाहँन्छन भन्ने कुरालाई नेपाली टेलिभिजनहरुले सामान्य हेक्का समेत नराखेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

 उनले सामाजिक सन्जाल फेसबुकमार्फत टेलिभिजनहरुलाई सुझाब दिंदै भनेका छन् -  'दर्शकहरूले मनोरन्जन पनि चाहँन्छन भन्ने किन हेक्का न भयको होला हाम्रा नेपाली टेलिभिजनहरूलाई। निर्वाचनको सामान्य अपडेट सहित आफ्ना नियमीत कार्यक्रम प्रसारण गर्न छोडेर १२ मत, १५ मत, ३ मतको ताजा परिणामको प्रत्यक्ष प्रसारणमा लाग्नु भन्दा मनोरन्जनतिर चॉही लागेको भए हामी दर्शकहरूले रिमोट थिचि रहन पर्दैनथ्यो कि ?  २४ सै घन्टा निर्वाचनको पछि  लाग्दा नेपाली टेलिभिजन जती दर्शकहरूले पनि निर्वाचनको बेलामा मात्रै हेर्ने च्यानलको रूपमा बिकास न होस। अहिले त ताजा परिणाम देखाउने, मत गणना सकिए पछि के देखाउने? बगेको खोला र दर्शक उस्तै हो बगेपछी फर्कदैन।'

प्रतिक्रिया

सम्बन्धित