काठमाडौं । एक बर्षदेखि रोकिएको अरनिको राजमार्ग अन्तर्गतको जडिबुटी पुलदेखि पुरानो बाटो हुँदै मनोहरा पुलसम्मको २० मिटर करिडोर निर्माणको कार्य सुरु भएको छ।
भक्तपुरमा प्रमुख जिल्ला अधिकारी (सीडिओ)को जिम्मेवारीमा आएका प्रेमप्रसाद भट्टराईले चासोका साथ उक्त करिडोर निर्माणको कार्य सुचारु गर्न प्रशासनिक अग्रसरता लिएका थिए।
जनप्रतिनिधि, आयोजना सञ्चालक, निर्माण व्यावसायी र स्थानीयबासीको सहयोगमा सुचारु काम सुचारु भएको र यसको पहल लिएको भन्दै सिडिओ भट्टराईको प्रतिनिधि सभा सांसद महेश बस्नेतले प्रशंशा गरेका छन्।
बस्नेतले १५ दिनभित्र भक्तपुरतर्फको कोरिडोर संचालनमा ल्याईने जानकारी दिँदै कोटेश्वरको ट्राफिक जाम न्युनीकरण गर्नका लागि यो मार्गले ठूलो राहत दिने जनाएका छन्।
भट्टराईको आगमनसँगै मेलम्ची खानेपानी, नगरकोट सडक, हनुमन्ते कोरिडोर, पेप्सिकोला सल्लघारी सडक, मानव अंङ्ग प्रत्यारोपण केन्द्र, स्मार्ट सिटी, रंगशाला लगायतका निर्माण कामले गति लिएको बस्नेतले बताएका छन्।
प्रतिक्रिया