प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद् बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीचको छलफलपछि साढे ५ बजे बोलाइएको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
केहीबेरअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।
छलफलपछि आज बोलाइएको बैठक स्थगित भएको जनाइएको छ । बेलुका ६ बजे भने मन्त्रिपरिषद् बैठक भने बस्ने जनाइएको छ ।
प्रतिक्रिया